<

आरके श्रीवास्तव,रौतहट,साउन २० गते ।
रौतहटको कर्कच कर्मैया हत्याकाण्डको दोषि कुनै पनि हालतमा उम्कन नहुने देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको हो । आफनो निजी निवासमा पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको हो । घटनामा संलग्न जोसुकै व्यक्ती भएपनि कार्यवाही हुनपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ का पूर्व वार्ड अध्यक्ष अनिल झाले लगाउनु भएको आरोप गलत रहेको बताउनु भएको छ । वहाँको आरोप सरासर गलत हो । आफू घटनाको खबर पाए लगतै घटनास्थालमा पुगेको बताए । साथै प्रहरी प्रशासनलाइ दोषीलाइ पक्ता लगाइ कानुनी कटघेरामा ल्याउन आग्रह गरेका बताउनु भयो ।
मेरो भतिजो हामीसँग वर्षौदेखि अलगै बसिरहेको बताउँदै । दोषी कोही भएपनि चाहे मेरै भतिजो किन नहोस् कडा कडा भन्दा कार्यवाही हुनुपर्ने जोड दिनु भयो । कानुनको कटघेरामा ल्याइ,पिडितलाइ न्याय दिनुपर्नेमा बताए । घटना भएपछि कर्कच गाउँ जानै छोड्नु भयो भनि आरोप छ नी? भनि पत्रकारले सोधेको प्रश्न जवाफमा उनले भने,जसले हत्या गरेको हो । उसको संरक्षण हुनु हुँदैन् । कार्यवाही हुनै पर्छ । मैले पिडित सँगको सम्पर्क छदैछु । उनको आरोप गलत छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले आफू सँग सल्लाह गर्न बोलाउनु भएको थियो र वहाँले तपाइकै भतिजो हो भनेर सुन्नमा आएको सोध्नु भयो । मैले जवाफमा त्यो व्यक्ती कसैको छोरा हुन सक्छ । उसको नाम नभनेर आफू सँग फरक मत राख्ने व्यक्तीहरुले आफनो नाम जोडेको आरोप लगाउनु भयो । उसको बुवाको नाम सम्बोध गर्नुपर्ने उनको धारणा रहेको थियो ।
चारैतिर जुन मेयर साहेबको भतिजो होर भनेर प्रचार गरेको हो । घटनालाइ कुखुलो पार्न राजनितीक हिसाबले आफनो नाम जोडेको आरोप लगाउनु भयो । साथै उनले पूर्व वार्ड अध्यक्षले जे पायो त्यही बोल्नु गलत रहेको बताउनु भयो । घटनाको यथार्थ बुझेर कुनै प्रतिक्रिया दिनुपर्ने वहाँको भनाइ छ । दोषी जसरी पनि कानुनको कटघेरामा आउनुपर्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0