<

 

चरिकोट, १९ साउन ।

दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ  भने तीनजना बेपत्ता र तीनजना नै घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका–७, टोपाटारमा बिहीबार राति पहिरो जाँदा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार रातिको घटना भए पनि टेलिफोन सम्पर्कविच्छेद हुँदा शुक्रबार बिहान मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो ।

गौरीशंकर–८ बाट खसेको पहिरोले वडा नम्बर ७ मा क्षति गरेको हो । सो पहिरोले पाँच घरमा क्षति गरेको छ । सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0