<

काठमाडौं, १९ साउन ।

सिजन मिडिया आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका  सफल व्यवसायिक व्यक्तिहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएकाे छ ।


सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको  काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको जनाइएकाे छ ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पन्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका  विभिन्न व्यवसायिक व्यक्तिहरुलाई बाेलाउने तयारी गरिएकाे छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सांस्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्षभन्दा बढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।  “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0