<

बाँके, १९ साउन ।

नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई  प्रहरीले पक्राउ गरेको  छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0