<

 

मुम्बई ।

‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महंगो पारिश्रमिक लिएका छन् ।

 

भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन ।

भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन ।

ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ ।  करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार–२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निमार्ण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0