<

 

काठमाडौं, ५ बैशाख ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजवाट दशौं चरणको खेल सुरु हुदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।

 

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।

खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ ।

 

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ ।

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ  स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0