<

 

आरके श्रीवास्तव,रौतहट,१४ गते साउन
रौतहट । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८७५ साना उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटमा ८७५ नयाँ साना उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा ७५९ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख जयकान्त झाले जानकारी गराए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ९४७ नयाँ दर्ता भएका छन् भने १ हजार २ सय ७१ वटाको नवीकरण भएको छ ।

गत आव २०७८÷७९ मा १६९७ साना उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख जयकान्त झाका अनुसार सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएका थिए भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटले जनाएको छ ।
गत आवको तुलनामा यस आवमा ८२२ साना उधोग दर्ता कम भएको कार्यालय प्रमुख झाले बताउनु भयो । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उनको भनाइ छ । गत आव २०७८÷७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उधोग दर्तामा बृद्धि भएको थियो ।
कार्यालयका अनुसार आव २०७७÷७८ मा १७२८ साना उधोग र वाणिज्य तर्फ २१४७ दर्ता भएको थियो । सो आर्थिक वर्षमा २ करोड ४८ लाख ६० हजार १ सय राजश्व संकलन भएको थियो ।

कार्यालयले आव २०७९/८० उधोग तर्फ बाट ६७ लाख ५८ हजार २०० र वाणिज्य तर्फ १ करोड २ लाख ७७ हजार ८ सय ५० राजश्व संकलन गरेको छ । यसरी कार्यालयले आव २०७९/८० मा कुल १ करोड ७० लाख ३६ हजार ५० रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले गत आव २०७८÷७९ मा उधोग तर्फ बाट ९८ लाख ९ हजार १५० र वाणिज्य तर्फ १ करोड १३ लाख ५२ हजार २ सय राजश्व संकलन भएको थियो । यसरी कार्यालयले आव २०७८/७९ मा कुल २ करोड १४ लाख ४३ हजार ६ सय राजश्व संकलन गरेको थियो । यस हिसाबले राजश्व संकलन पनि घटेको छ ।

चन्द्रपुर,गुजरा,वृनदावन,कटहरिया र गढिमाइ नगरपालिकामा लगायत स्थानमा साना उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढि रहेको कार्यालय प्रमुख झाले बताउनु भयो ।

उनका अनुसार दर्ता भएकामध्ये उधोग मध्ये अधिकांश कृषि फर्म रहेको बताए । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उनको भनाइ छ । त्यस्तै २५ प्रतिशतमा फर्निचर,पार्लर ,मोटरसाइकिल मर्मत लगायतका व्यवसायहरु रहेका छन् ।
घरेलु तथा साना उधोग कार्यालयले उधमशिलता कार्यक्रममा २ सय ४,सिपमूलक तालिम एडभान्स तर्फ १ सय ५,भगतसर्वजित तर्फ सिलाइ,कटाइ,कम्प्यूटर तालिम १२३ र नियमित तर्फ ३ सय १ जनालाइ तालिम प्रदान गरेको छ ।
आ.व.२०७९÷८० मा एडभान्स तर्फ गरुडा,कटहरिया,गौर नगरपालिका, भगतसर्वजित तर्फ गौर ,चन्द्रपुर,कटहरिया र दुर्गाभगवती गापामा, नियमित तर्फ गौर,चन्द्रपुर नपा र उधमशिलता गौर,चन्द्रपुर नपा र दुर्गाभगवती गापामा तालिम संचालन भएका छन् ।

कार्यालयको आव २०७८÷७९ मा बेरुजू नरहेको र आव २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ । कार्यालयमा स्विकृत दरबन्दी ९ जना रहेकोमा पदपूर्ति संख्या ४ रहेको र रिक्त पद संख्या ५ रहेको जनाइएको छ ।
आव २०७९÷८० मा चालु तर्फ अन्तिम २ करोड ३७ लाख ६२ हजार ४ सय बजेट रहेकोमा २ करोड १९ लाख २ हजार ८१४ बजेट निकास भइ ९२.१७ प्रतिशत बजेट खर्च भएको छ । जबकी पूँजिगत तर्फ ३ करोड १ लाख ८७ हजार ४ अन्तिम बजेट रहेकोमा २ करोड ४७ लाख १६ हजार १५० निकासा भइ ८१.८८ प्रतिशत बजेट खर्च भएको हो ।

रौतहट जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0