<

 

आरके श्रीवास्तव,रौतहट,१४ गते साउन

रौतहट । जिल्लाका निर्माण व्यवसायीहरुले आज एक घण्टा धर्ना दिएका छन् । केन्द्रिय सर्कुलर अनुसार निर्माण व्यवसायी संघ रौतहटमा आबद्ध व्यवासायीहरुले धर्नामा बसेका थिए ।
आइतवार जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि निर्माण व्यवसायीको प्रतिनिधिहरुले बिहान १० बजे देखि ११ बजे सम्म धर्नामा बसेका थिए । देशभरिको ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी बस्ने क्रममा रौतहटमा पनि उनीहरु बसेका थिए ।
उनीहरुले निर्माण कार्याको काँकी भुक्तानी,म्याद थप,मूल्य समायोजन,उपभोक्ता समिति खारेजी,अव्यवहारिक माइलस्टोन खारेज,बीमा निर्देशिका २०७८ खारेज,सार्वजनिक खरिद एन तथा नियमावली तुरुन्त संशोधन ,खरिद नियमावली नियम ६ लाइ कडाइका साथ लागू लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसारनै देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघ रौतहटका महासचिव श्रीकान्त यादवले बताएका छन् ।
केहि दिन अघि निर्माण व्यवसायी संघ रौतहटले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न र योजनाको भुक्तानी माग गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।
स्मरणियहोस् रौतहट र सर्लाहीमा विभिन्न पुल, सडक लगायतका निर्माणको काम गरेबापतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाइमा असार ३१ गते कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको थियो । सडक डिभिजन कार्यालयले एक महिनाभित्र व्यवसायीहरूको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलिएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0