<

 

आरके श्रीवास्तव,रौतहट,साउन १४ गते ।
रौतहट । गौर हत्याकण्डका अपराधीलाई कारबाहीको माग सहित मोटरसाइकल र्याली निकालिएको छ । बीभत्स गौर हत्याकाण्डका पिडीतहरुलाई न्याय दिलाउन अनिश्चितकालीन धर्नामा बसेका शहीद परिवारको समर्थनमा रौतहटमा आज विशाल मोटरसाइकल र्याली निकालिएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिको आयोजना र आम जनता पार्टीको सहयोगमा बृहत् मोटरसाइकल र्याली निकालिएको हो । जिल्ला सदरमूकाम गौर बाट सुरु भएको र्यालीमा गाउँगाउँ बाट हजÞारौंको संख्यामा मानिसहरु सहभागि रहेको गौर हत्याकाण्डका पिडित संघर्ष समितिको संयोजक रुपसागर उपाध्यायले जानकारी गराउनु भयो ।
गौरबाट सुरु भएको र्याली चन्द्रपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै आजपाका केन्द्रिय उपाध्यक्ष बद्रि न्यौपाने लगायतका वक्ताहरु गौर हत्याकाण्डका पिडितले न्याय पाउनु पर्ने र पिडकलाइ कानुनको दायरामा ल्याउन एक स्वरमा माग गरेको आजपाको भातृसंगठन आइटि आर्मीका महासचिव सुमन यादवले बताएकी हुन् ।


हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली सोमबारदेखि आजपाले अनिश्चितकालिन रौतहट बन्दको घोषणा पनि गरेको उनले बताइन् । यता आजपाका राष्ट्रिय अध्यक्ष एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले ऐतिहासिक र्यालीमा हजÞारौंका संख्यामा सहभागी हुने न्यायप्रेमी छविलाई माथि उठाउन सक्रिय साथ, सहयोग र सहभागिता जनाउनु हुने सबै सबैप्रति हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिले साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएको थियो ।

गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले शनिवार देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा आज दोस्रो दिन आइतवार जारी रहेको छ । उनीहरुले अनिश्चतकालीन धर्ना दिएका हुन् ।
रौहतटमा जसपा सहितका सताधारी दल र आजपा पार्टी यतिखेर आमनेसामने भएका छन् । आजपाले साउन १५ गते देखि रौतहट बन्दको घोषणा गरेको छ भने सर्वदलिय संघर्ष समितिले कुनै पनि हालतमा रौतहट बन्द हुन नदिने चेतावनी पनि दिइरहेका छन् । भोली रौतहटमा के हुने हो त्यो हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0