<

बज्जिकाञ्चल,रौतहट,साउन १४ गते ।
रौतहट बन्दको कार्यक्रम स्थगित भएको छ । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवहान गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगित गरेको हो। आज अबेर साँझ एक बिज्ञप्ती जारी गर्दै बन्द कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।
संघर्ष समितिकी संयोजक रुपसागर देबी उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा केही राजनैतिक पार्टीहरू मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ । बिज्ञप्तीमा संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको उल्लेख गरेको छ । समितिको धर्ना कार्यक्रमलाई भने यथावत राखी रौतहट अनिश्चितकालीन बन्दको कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0