<

 

मुम्बई, १३ साउन ।

मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ ।

 

यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

 

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए । यस घटनाको खुलासा भए पछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ ।

 

समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफनो घरको जमिनमा लुकाएर राखेका थिए । प्रहरीले यसबारेमा आफनो गुप्तचारवाट जानकारी लिएको थियो ।

 

गुप्तचरवाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ गते त्यहाँ पुगेर आदिबासीको घरवाट सबै सिक्का लिएर फरार भएका थिए जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर, प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

 

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समुहलाई क्षतिपुर्तिसमेत नदिएको समाचार बाहिरिए पछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0