<

 

आरके श्रीवास्तव,रौतहट,१२ गते साउन 

मुस्लिम समुदायलाई मोहरम पर्व शान्तिपूर्ण,मर्यादित,व्यवस्थित र सुरक्षित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। कार्यालयले सूचना निकालेर जिल्लामा वर्षौं देखि विभिन्न धर्म सम्प्रदाय समुदायले मनाउने पर्वहरु शान्तिपूर्ण र हर्षेउल्लासका साथ मनाउदै आएकोले यो पर्व पनि शान्तिपूर्ण मनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्धारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ। मोहरम पर्व मनाउने सिलसिलामा पर्वको नाममा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी,तलवार,भाला,फर्सा प्रर्दशन नगर्न,नगराउन जिल्ला प्रशासन कार्यालले अनुरोध गरेको छ ।

साथै सो सूचनाका अवज्ञा गरि जिल्लाको शान्ति सुरक्षालाइ विथाेल्ने कुनै पनि अवाञ्छित र गैर कानुनी कार्या गरेको पाइएमा प्रचलित कानून कमोजिम कारवाही गर्ने व्यहोरा जानकारी समेत गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0