<

 

रन्धिर साह,देवाहीगोनाही,वैशाख ०३ गते

रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँको पोखरी अभिभावक विहिन भएको छ ।

आज ९आइतबार० विहानैदेखि गाउँका अधिकाश व्यक्तीहरु मिलेर पोखरीको माछा समात्ने गरेको तथा पोखरी नष्ट गर्ने नियतले प्रस्तुत भएको स्थानीय बासिले जनाएका छन् ।

सो पोखरी गाउँको दुर्गा माताको मन्दिर अगाडि रहेको करिब २,३ विघा क्षेत्रफलमा फैलिएको हो ।

पोखरीलाई व्यवस्थीत गर्ने उदेश्यले वडा नम्बर ६ का वडा अध्यक्ष विष्मुकुमार दासले टेन्डर प्रक्रियामा लगिएको थियो । तर, राजनितिक शडयन्त्रका कारण पोखरी कुनै निणर्य न भैइ अभिभावक विहिन बनेको उनले बताएका छन् ।

टेन्डर प्रक्तियामा लैजादा १६ लाख ५१ हजार रुपैयाँको बोली लागेको साथै कुनै बोली नलागेपछि १२ लाख ५१ हजार रुपैया तोकदा एक जानाले १३ लाख ५० हजार लगाएको थियो पछि सोहि गाउँको व्यक्तले ४० लाख बोली लगाएपछि बोली स्थिगीत भई विवाद भएको अध्यक्ष दासले बताएका छन् । अब सो पोखरीको टेन्डर प्रक्तियामा अब नगरपालिकाले लैजाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
1