<

आरके श्रीवास्तव,गरुडा,३ गते बैशाख ।

रौतहट जिल्लाको एक पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा उपसचिवको आगमन भएको छ ।जिल्लाको गुजरा नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । गुजरा नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृतको रूपमा उपसचिव राज कुमार अधिकारी आएका हुन ।

आइतबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख सन्तलाल चौधरी तथा उपप्रमुख रत्न लामासहित वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा (उप–सचिव) अधिकारीलाई टीका माला र खादा ओढाएर स्वागत गरि कार्यालयमा हाजिर गराएका हुन् । फाल्गुन १६ गते नियुक्त भएका अशोक कुमार महर्जन २ महिना भित्र नै उनको वहिर्गमन भएको छ । यस अघिका कार्यालय प्रमुख महर्जनको ठाउँमा अधिकारी आएपछि स्थानीय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0