<

 

पवन घिमिरे,चन्द्रपुर साउन ०५ गते ।
रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा शुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० जना बिधार्थीहरुलाई सोही बिद्यालयकी प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारु हुँदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितर्ण गरेको प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
बिद्यार्थीलाई पोशाक वितरण बारे आफ्नो धारणा राख्नु हुँदै बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिद्या सापकोटाल यस्ता कार्य बाट बिद्यार्थी , अभिभावकको मनोबल उच्च हुने हुँदा उनीहरुमा थप प्रोत्साहन मिल्ने भन्दै प्रधानाध्यापक गोमा तिमल्सिनालाइ धन्यवाद समेत दिनुभइ आफुले पनि यस कार्यमा समन्वय गरेको उल्लेख गर्नुभयो ।
पोशाक लिनका लागि मेनुका सिमसार बिद्यालय पुगेका बिधार्थीका अभिभावकले समेत खुसी ब्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बिद्यालय जग्गादाता वसन्त सापकोटा सहित शिक्षक , बिधार्थी , अभिभावक गरि सयौंको उपस्थित रहेको शिक्षक शेख जैहर अलिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0