<

 

रौतहट,साउन ५ गते
सरकारले आलु र प्याजमा लगाईएको कर हटाउनु पर्ने आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन् । गृह जिल्ला रौतहटको बौद्धीमाई नगरपालिका–८ मा आयोजित आईटी आर्मीको दोस्रो बार्षिक उत्सवको अवसरमा नव निर्मित भवनको समुदघाटन तथा वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देशमा आम जनता लचार र ठुल्ला दलका नेताहरु शासक भएको आरोप लगाउनु भयो ।
जनताहरुले ठुलो आशा र भरोसा गरि देशमा ल्याएको लोकतन्त्र दलतन्त्रमा परिणत भएको बताउँदै आजपाको उदय भएको बताए । सांसद साहले अहिलेको अवस्थामा दल शासक र जनता शासित भएको र भुठि भरी मान्छेले देशमा राजगरिरहेको बताउनु भयो ।
देशमा अहिले पहुच र संख्याको अधारमा केन्द्रमा भागवण्डा भईरहेको भन्दै त्यस्ता भागवण्डाको राजनीतिक अन्तय गर्नुको बिक्लप नरहेको बताउनु भयो । जयराम दासको अध्यक्षतामा भएको कार्यक्रममा आम जनता पार्टीका रौतहट ईन्चार्ज त्रिभुवन साह,केन्द्रीय सदस्य श्री भगवान पटेल,दलित मोर्चाका केन्द्रीय अध्यक्ष चन्देश्वर साह,गौर हत्याकाण्डका पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी दुवै वडाका अध्यक्ष र स्थानीयहरुको रोहवरमा कार्यक्रम सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0