<

रमेश कुमार यादव,गरुडा,साउन ०४ गते
गरुडा नगर उधोग वाणिज्य संघ गरुडा रौतहटको दोश्रो वार्षिक साधारण सभा सम्पन भएको छ ।“सम्मानित निजि क्षेत्र,समुन्न्त नेपाल“ भन्ने मुल नाराका साथ गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोश्रो बार्षिक साधारण सभा भब्यको साथ सम्पन भएको छ । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको दोश्रो बार्षिक साधारण सभाको प्रमुख अतिथी मधेश प्रदेश सरकारको समाजिक बिकास राज्यमन्त्री माननीय अबुल कलाम अजाद रहनु भएको थियो भन्ने कार्यक्रमको बिशिस्ट अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य सन्तोश कुमार चौधरीले गर्नु भएको थियो । गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको दोस्रो बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथि माननिय अबुल कलाम अजादले आफ्नो मन्तब्य राख्दै भने यो सराहनिय कार्य गरेको प्रति यस नगर उधोग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद चौधरी र वहाँका टिमलाई बिशेष धन्यबाद दिदैँ यस भवन निर्माण गर्न जग्गा दिएको जग्गादाता चुनचुन प्रसाद साहलाई धेरै–धेरै धन्यबाद दिएका थिए । साथै वहाँले भने कि यस गरुडा नगर उधोग बाणिज्य संघ गरुडाको नवनिर्मित भवनको उद्धघाटन देखि दोस्रो बार्षिक साधारण सभामा उपस्थिती नहुनु अति नै दुःखद कुरा रहेको प्रति आपति जनाउनु भएको थियो । साथै जग्गा दातालाई कुनै समस्या हुँदा यहाँ यस भवनमा भएको सभामा आएर आफ्नो गुनासो राख्न सक्थ्यो तर वहाँले यसो नगर्दा दुखको कुरो रहेको बताउनु भयो । साथै माननिय अबुल कलाम अजादले गरुडा नगरको बिकास कार्यदेखि लिएर कुनै पनि कार्यमा आफु सहयोग गर्नमा हरदम तत्पर रहने बताउनु भयो । साथै ब्यापारीहरुले देखाएको अग्रसरता एकदम सराहनिय र अमुल्य रहेको बताउनु भयो । ब्यापारीहरुको प्रत्येक समस्यालाई सुल्झाउने संघको अध्यक्षको उत्तरदायित्व रहेको पनि बताउनु भयो ।

त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथि समेत रहनु भएका गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले आफ्नो कार्यकालमा भवनको शिलान्यास देखि लिएर भवनको उद्धघाटनसम्म गरेको कार्य यादगार रहेको बताउनु भयो । दोस्रो खुल्ला साधारण सभाको सफलताको कामना साथै बन्द सत्र कार्यक्रममा ब्यापारीहरुको हकहितको लागी गर्ने कार्य सराहणिय हुने आशा र बिश्वास लिएको बताउनु भयो । साथै यस भवन निर्माणमा सहयोग गर्ने जग्गादाता देखि निर्माणमा सहयोग गर्ने हाथहरुलाई पनि बिशेष धन्यबाद दिएका थिए । त्यसतै उधोग बाणिज्य संघ भवनको दोस्रो तल्ला निर्माण देखि लिएर आवतजावत गर्नमा समस्या भईरहेको सडकमा आउदो समयमा यस भवनमा आउने सडक पक्की हुने बिश्वास समेत दिलाएका थिए । नगर प्रमुख जैसवालले भने म मेयरको पद भन्दा अघि यस नगर उधोग बाणिज्य संघको दुई चोटी अध्यक्ष समेत भईसकेका र दुई चोटी जिल्ला अध्यक्ष समेत बसिसकेकाले ब्यापारीहरुको दुख पिडा,दर्द र उनीहरुले भोगेका मर्म, म भन्दा बढि कसले बुझछन भनि बताएका थिए । त्यस कारण अहिलेको समयमा बैंकहरुबाट कर्जा लिएका ब्यापारीहरुलाई प्रहरी प्रशासन लगाउने र उनीहरुलाई धाकधम्की देखाउने र ब्याजमा समेत बृद्धि गरेर झन थप पिडा दिएकोले सम्पुर्ण ब्यापारीहरु एक जुट भई बैंक बिरुद्ध प्रतिकार गर्ने आग्रह समेत गर्नु भएका थिए । त्यसतै सोहि कार्यक्रममा बोल्र्दै सुनचाँदी ब्यवसायी संघका मधेश प्रदेशका अध्यक्ष रामजी साह सोनारले भने उद्धघाटनको दिन आज ब्यापारीहरुको उपस्थितीले धेरै हर्षित भएको बताउनु भयो । बैंकका कर्मचारीहरूको आतंक बन्द गराउन तर्फ उपस्थित भएका समाजिक राज्यमन्त्री अजादलाई यस सम्बन्धिन ध्यान दिनुपर्नेमा आग्रह गर्नु थियो । त्यसतै सोहि कार्यक्रममा बोल्दै चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नरायण सापकोटाले राज्यको नितिगत कुराहरुले ब्यवसायी प्रतारित भएका छन । रौतहटमा घरेलु तथा साना उधोगी ब्यवासायीहरु दर्ता गरेर ब्यावसायीको धेरै नै ठुलो मर्का रहेको बताउनु भयो ।वहाँले भन्ने राज्यको एउटा ठुलो अंग ब्यापारी नै रहेको र यो देशलाई ब्यापारीले नै चलाईरहेको छ छ तर ब्यापारीहरुमाथि नै ठुलो ज्यादति किन यस्तो प्रश्न समेत गरेका थिए रुअध्यक्ष सापकोटाले भने हामिले चलाई रहेको साना घरेलु उधोगको तथा फर्महरु समयमा नबिकरण गरेनौ भने अर्थात कुनै कारणबंश एक बर्ष कटायौं भने नविकरण गर्ने ब्यवस्था छैन कानुनी अडचन छ त्यसकारण यस कानुनलाई यर्थाशिघ्र संसोधन गरेर नविकरण गर्ने ब्यवस्था होस भने ध्यानआकर्षण गराएका थिए ।अर्को कुरा वहाँले भन्नु भयो यदि हाम्रो फर्मको म्याद गुज्रिएको ३५ दिन भित्रमा नविकरण गरेनौं भने हामिलाई तिन गुणा दस्तुर लाग्नुको साथै थप पाँच हजार हरजाना लाग्ने गर्छ ,हामि राज्यको कुन अपराधि अन्तर्गत पर्छौ कि तिन गुणा दस्तुर लाग्ने र थप पाँच हजार हरजाना लाग्ने यस कुरा हटाउन माननिय मन्त्री अजादलाई बिशेष ध्यानआकर्षण समेत गराएका थिए । कार्यक्रममा नगर उधोग बाणिज्य संघ गरुडाका सम्पुर्ण सदस्यहरुलाई फुलमाला ,दोसाला र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए ।

सोहि कार्यक्रममा रौतहट उधोग वाणिज्य संघ अध्यक्ष श्री प्रसाद पंडित, चन्द्रपुर नगर उधोग बाणिज्य संघको अध्यक्ष उदय नरायण सापकोटा ,एमाले नेता सेख कलीमुल्लाह,दलित विकास समिति सदस्य राजकुमार दास, वडा नं।४को वडाअध्यक्ष सुनील कुमार जैसवाल,, युवा नेता कौशर खान मिथिला, बलिराम सहनि, सुशीला जैसवाल, अनिता कर्ण ,सुरक्षाकर्मि ,पत्रकार लगायत सम्पूर्ण व्यपारिको बिशेष उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0