<

हनुमत कुमार यादव,गाैर,साउन ०४ गते ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेकाे छ । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई दिवा खाजा वापतको रकम र कक्षा १ देखि १२ सम्म छात्रहरु लाई छात्रवृति वापतको रकम वितरण गरिएको छ । जिल्लाकै अबल स्थान प्राप्त गर्ने तर्फ अग्रसर रहेको २०१७ सालमा स्थापित भएको यो विधालयले अहिले धेरै बिकसित र गुणस्तरीय बनेकाे छ ।

यो नमुना मा. वि. मा क्षमताको अनुपात विद्यार्थी बढी रहेको छन् । यहाँ दरबन्दी अनुपातको शिक्षक न रहेकोले अधयं अध्यापनमा समस्या पनि भई रहेको प्रध्यानाध्यापक रवि शंकर यादवको भनाई रहेको छ । विधालयमा क्षमता भन्दा बढी विद्यार्थी भएको करण तोकिएको समय भित्र खाजा बनाई खुवाउने सम्भव न रहेकोले सो बापतको रकम बितरण गरिएको विधालय वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।

नगरपालिकाले निकासा दिनमा ढिलाई गरेकोले दिवा खाजा तथा छात्रवृति वितरणमा समय लागेको समेत उनले बताए । साथै स्थानीय सरकार नगरपालिकाको साथ सहयो आवसयक रहेको र समय समयमा छड्के अनुगमन पनि जरुरि देखिएको बताए । विद्यालय प्राङ्गणमामै आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष विजय संकर प्रसाद यादव , वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, सविधान सभा सदस्य रम्भा देवी, वडा न ८ का वडा अध्यक्ष , समाजसेवी राम बशिष्ठ यादव , प्रध्यानाध्यापक रवि शंकर यादव सहित विधालय शिक्षक शिक्षिका,विद्यार्थीहरु अभिभावक लगायत गाउका भाद्र्भालाआद्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उध्घोसन शिक्षक टेकनाथ खतिवडाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0