<

 

आरके श्रीवास्तव,रौतहट,साउन ०३ गते ।

रौतहट– जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आफनो कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । विवरणमा उल्लेख गरिए अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०७९÷८० को एक वर्षको अवधिमा रु ३ करोड १० लाख ४ हजार राजस्व संकलन गरेको छ ।

गत आ.व.वर्ष २०७८÷७९ मा १ करोड ७८ लाख ७० हजार ५ सय राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष १ करोड २२ लाख ३३ हजार ५ सय बढी राजस्व संकलन भएको छ । आ.व.२०७९÷८०मा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार ५ सय ८२ सवारीसाधन उपर कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक बिमला कुमारी कठायतले जानकारी दिइन् ।

गत वर्ष भने १९ हजार ६०० नियम विपरीत सञ्चालित सवारी साधनलाइ कार्यवाही गरिएको थियो । यस्तै आ.व. २०७९÷८० मा रौतहट जिल्लामा भएको ७ सय १३ वटा सवारी दुर्घटनामा परी ७२ जनाको मृत्यु भएको छ । जबकी ११ सय ७१ जना घाइते भएका छन् । गत वर्ष ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो । भने १ हजार ४७ जना घाइते भएका थिए ।

जिल्लाको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा त्यती संख्यामा व्यक्तीहरु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट द्धारा आ.व.२०७९÷८० मा ७ सय ७४ कार्यक्रम भएकोमा ४५ हजार ६ सय ३७ जना सहभागी भएको प्रगती विवरणमा उल्लेख छ । गत आ.व.२०७८/७९ मा २ सय ३४ कार्यक्रम भएकोमा २० हजार ७३ जना मानिसहरु सहभागी भएको जनाइएको छ । आ.व.२०७९/८० मा मा.प.से.मा ४ सय जना लाइ कार्यवाही गरि ४ लाख राजस्व संकलन गरिएको छ । भने क्षमता भन्दा बढी बोक्ने सवारी साधनहरुलाइ यातायात कार्यालय मार्फत ११ वटा सावारी साधनलाइ कार्यवाही गरि २ लाख ११ हजार २ सय ३६ राजस्व संकलन गरिएको छ ।

जुन गत वर्षको तुलनामा १५३.९८ प्रतिशतले बढी हो । गत वर्ष २ वटा सवारी साधन लाइ कार्यवाही गरि ८३ हजार ४ सय ९८ रुपैया राजस्व संकलन गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आ.व.२०७९÷८० मा केही नविनतम् कार्यहरुपनि गरेको जनाएको छ ।

उसले १८ बुँदे कार्यहरु गरेको विवरणमा उल्लेख छ । जसमा राजस्वमा बृद्धि,चोरीको २ थान मोटरसाइकिल पक्राउ गरी सम्बन्धित धनिलाइ बुझाइएको,चोरीको ६ थान मोटरसाइकिल पक्राउ गरी कार्यालयमा राखिएको,क्षमता भन्दा बढी बोक्ने ११ वटा भारतिय र नेपाली मालवाहक सवारी साधन पक्राउ गरी जरिवाना गराइएको,सरोकारवाला निकायहरु सँग समन्वय गरी विभिन्न ५ सय थान ट्राफिक सचेतनामूलक बोर्ड राखिएको

,चन्द्रनिगाहपुर र गरुडामा सडक कार्यालय सँग समन्वय गरी फुटपाथ हटाइ सडक विस्तारमा सहयोग गरेको,मौलापुरमा १ थान ट्राफिक आइलेण्ड राखिएको,यातायात व्यवस्था कार्यालयमा नयाँ सचाहप वितरणको लागि पहल गरी हाल सुचारु भएको,विभिन्न सरसरफाइ तथा अन्तक्रिया कार्याक्रममा सहभागिता जनाइ ट्राफिक प्रहरी र जनसमुदाय सँग सहभागिता जनाइएको,भित्री गाउँ स्तारमा समेत नगरपालिका सँग समन्वय गरी जनचेतना मुकल कार्यक्रम संचालन,मा.प.से. चेकिंङलाइ तिव्रता दिएको,

ट्राफिक प्रहरी कार्यालय गौरको लागि जग्गा र भवनको लागि स्थानिय संग समन्वय गरीएको,गौर र डुमरियामा ७ थान ट्राफिक डमी राखिएको,सुकदेव चोक,गौरको भन्सार कार्यालय अगाडी र बसपार्कमा ट्राफिक बिट राखिएको,गौरमा चल्ने कर नतिरेको ६० वटा टेम्पो लाइ कर तिर्न लगाइएको,उखुका ट्रक तथा टेक्टरहरुमा रेफलेकटेड ब्यानर राखिएको २ सय भन्दा बढी,बृक्षारोपण,सरसफाइ तथा रक्तदान कार्यक्रममा सहभागिता भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0