<

 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन् ।

 

जुलाइ २४, २५ र २६ मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0