oplus_0
<

आरके श्रीवास्तव,राैतहट,३० गते भदौ । 

भनिन्छ गर्दा के हुँदैन ? मधेश प्रदेशकाे धेरै जसाे बिधालयहरूमा अर्काले सहयोग गरे बिधालय सुधारछु भन्ने पर्खाईमा प्रधानाध्यापक र बिधालय व्यवस्थापन समितिहरू हुन्छन् । तर आफैंले गर्दा सुधार हुँदाे रहेछ भन्ने जल्दाबल्दा उदारहण हाे श्री प्राथमिक बिधालय भिमडाबर ।

रौतहटकाे गरुडा नगरपालिका ७ भिमडाबरमा रहेकाे  प्राथमिक विद्यालयका प्रधान शिक्षक रिंकु यादव आफ्नो  लगन र मेहनतले विद्यालयलाई सुन्दर बनाएकी छिन् । करिब २०० विद्यार्थी नियमित रुपमा पढन आउने विद्यालयकाे विद्यार्थीलाई आफ्नो निजी लगानीमा टाइ बेल्ट प्रदान गरि बोर्डिङ जस्तो अनुभूति गराएकी छिन् ।

अभिभावकसँग नियमित रुपमा भेटघाट गर्दै आफ्नो कमी कमजोरीकाे बारेमा सल्लाह गरि सुधार गर्दै आईरहनु भएकि प्रधान शिक्षक यादव विद्यालयकाे भौतिक विकासकाे क्षेत्रमा पनि प्रगति गराएकी छिन् । एउटा एनजिओ सँग समन्वय गरी  विद्यालयलाई मर्मत गराउनुका साथै नगरपालिकाकाे सहयोगले विद्यालयकाे भौतिक संरचना परिवर्तन गरि धेरै राम्रो बनाउन सफल भएकि छिन्  ।

विद्यालयमा अभिभावकहरू नियमित रुपमा आउने गरेको र पढाइका साथै भौतिक र अतिरिक्त क्रियाकलाप समेतले अभिभावक सन्तुष्ट रहेकाे प्रधान शिक्षक यादवकाे भनाइ छ । आवश्यकताअनुसार विद्यालयमा स्वास्थ्य शिविर राखी विद्यार्थीकाे स्वास्थ्य परीक्षण गराई नियमित रुपमा विद्यालय खाजाकाे गुणस्तरीय बनाएका कारण अभिभावक र विद्यार्थीकाे आकर्षण विद्यालयप्रति बढेकाे छ ।

विद्यालयमा सबै घन्टी र सबै विषय पढाइ भइरहेको प्रधान शिक्षक यादवकाे भनाइ छ । निजी विद्यालयकाे सरह पढाइ र अन्य सुविधा विद्यालयमा प्राप्त भइरहेकोले अभिभावक पनि  धेरै सन्तुष्ट रहेकाे यादवकाे दाबी रहेकाे छ । विद्यार्थी, अभिभावक र शिक्षक सबै सन्तुष्ट रहेकाले आफ्नो मिहिनेत   सफल भएकाे प्रधान शिक्षक यादवकाे भनाइ रहेको छ  ।

Oplus_131072

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0