Oplus_131072
<

आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिका २ नम्बर वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रको समन्वयमा सितलपुर बैरगनिया क्षेत्रमा तार फेर्ने काम भएको छ ।

साे वडामा रहेकाे विद्युतकाे नाङ्गो तार हटाई तार फेर्ने काम भएको हाे । सुरुमा साे वडामा विद्युत् लाइन विस्तार गर्ने क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाईएकाे वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले बताएका छन् ।

तार फेर्नुकाे साथै दुई वटा नयाँ ट्रान्सर्फमर जडान पनि गरिएको छ । साे वडामा कम भाेल्टेज रहने,बारम्बार लाईन ट्रिप हुने,पंखा घुमेकाे घुमै गर्ने जस्ता समस्याहरू रहँदै आएका थिए । नयाँ ट्रान्सर्फमर जडान भएपछि साे समस्या हटने भएको छ ।

आफनाे वडाबासीकाे लागि सधैं तयार रहने वडा अध्यक्ष यादवकाे याे कार्यलाई स्थानीयले प्रशंसा गरेका छन् । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका अनुसार एबीसी केवलमा एउटै लट्ठा भित्र धेरै वटा तार राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उहाँको सुझाव छ ।

साे वडाकाे सडक क्षेत्रमा विद्युत् प्राधिकरणसँगको समन्वयमा सबै नाङ्गो तार हटाइएकाे वडा अध्यक्ष यादवले बताएका छन् । बाँकी रहेका तारहरूलाई पनि विस्तारै हटाईने उनले बताए ।

 नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम अत्यधिक भएकोले सर्वसाधारणकाे सुरक्षाकाे ख्याल गरि साे तार हटाउन लगाई एबीसी केवल तार लगाइएको वडा अध्यक्ष यादवकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0