<

 

रौतहट, असार ३० ।

रौतहटको चन्द्रनिगाहपुर स्थित एक पसलमा पिउनका लागी ल्याईएको मुन ड्रप्स नामको मिनरल वाटर बोतलमा रहेको पानीमा हडीदो सेतो लेदो सहितको अखाद्य पदार्थ भेटिएको छ ।

शनिबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर नजिकैको एक पसलमा कम्पनीबाट खरिद गरिएको उक्त मुन ड्रप्स नामको पानीको सील सहितको बोतलमा लेऊ र लेदो सहितको अखाद्य पदार्थ भेटिएको हो ।

मुन बेब्रेज ईण्डष्ट्रिज प्रा.लि चन्द्रपुर ५ द्धारा उत्पादन गरिएको मुन ड्रप्स नामको पानीको बोतलमा लेदो सहितको अखाद्य पदार्थ भेटिएपछी अहिले चन्द्रनिगाहपुरसँगै रौतहट जिल्ला र सो आसपासका जिल्लामा समेत उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् ।

पानीमा भेटिएको पदार्थ बारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने माग स्थानीयले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1