<

 

आरके श्रीवास्तव,गरूडा,असार ३० गते

राैतहटकाे गरूडा नगरपालिकाले घुम्ती शाैचालय खरिद गरेको छ । नगरपालिका अन्तर्गत सार्वजनिक स्थानमा राख्नकाे लागि घुम्ती शाैचालय खरिद गरिएको हाे ।

नगरपालिकाले ४ वटा घुम्ती शाैचालय खरिद गरेकाे छ ।खरिद गरिएका उक्त शाैचालयहरू छिट्टै सञ्चालनमा ल्याइने नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।

पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व,बजारमा र मेलाको समयमा अति उपयोगी मानिएको छ । सार्वजनिक स्थलहरूमा शाैचालय नहुँदा गरूडा बजारमा आउने ग्राहकहरूलाई समस्या हुने गरेकाे थियाे । अब उपरान्त उक्त समस्या हट्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0