<

 

मुम्बइ, २९ असार ।

शाहरुख खानको फिल्म ‘जवान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

फिल्मबाट उनको लुक सार्वजनिक भएको छ, जसलाई देखेर उनका फ्यानहरु निकै उत्साहित हुन पुगेका छन् । जान्नुहोस् ‘जवान’ अघि कुन–कुन फिल्ममा किंग खानले गरे त डबल रोल ?

 

पहेलीः सन् २००५ मा रिलिज भएको यो फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निभाएका थिए । उनले राजस्थानी व्यापारी र भूतको भूमिका निभाएका थिए । १२ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा खास केही देखाउन सकेन तर आफ्नो लागत उठाउन भने अवश्य सफल भयो ।

 

डनः शाहरुख खानको यो फिल्म सन् २००६ मा रिलिज भएको थियो र यसले बक्स अफिसमा आतंक मच्चाएको थियो । यस फिल्ममा शाहरुख खान डबल रोलमा देखिएका थिए । ३८ करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा १०६ करोडको व्यापार गरेको थियो ।

 

रा वनः सन् २०११ मा रिलिज भएको रा वन चर्चामा थियो । यसमा शाहरुख खानले वैज्ञानिक र रोबोटको भूमिका निर्वाह गरेका छन् । यस फिल्मका निर्माता शाहरुख खान स्वयं थिए । यसलाई बनाउन १३० करोड खर्च भएको थियो भने फिल्मले विश्वभर २०० करोडभन्दा बढी कमाएको थियो ।

 

फ्यानः शाहरुख खानले सन् २०१६ मा ‘फ्यान’ मा काम गरेका थिए, जुन एक फरक र नयाँ फिल्म आउट अफ द बक्स थियो। मनीष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा नराम्रो कमाई गरेको थियो । यसमा उनले आफ्नै भूमिका निर्वाह गरे र उनको चरित्रको फ्यान पनि बने ।

 

डुप्लिकेटः महेश भट्टको यो फिल्म सन् १९९८ मा रिलिज भएको थियो, जसमा शाहरुख खानले नायक र भिलेनको भूमिका निर्वाह गरेका थिए। तर यो फिल्मलाई दर्शकले खासै मन पराएनन् र बक्स अफिसमा फ्लप भयो । यस फिल्ममा जुही चावला र सोनाली बेन्द्रे पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0