<

 

काठमाडौँ, २९ असार ।

अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।

 

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

 

साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन् ।

 

भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0