<

 

आरके श्रीवास्तव,राैतहट,२९ गते असार राैतहट ।

राैतहटमा धारिलो हतियार प्रयाेग गरि एक पुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । घटना स्थलमा प्रहरी टाेली र देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
16
+1
0
+1
1
+1
0