<

 

चितवन, २८ असार ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न सास्ती हुने गरेको गुनासो आएपछि मन्त्री जोशीले आज आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाइएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न निर्देशन दिए ।

मन्त्री जोशीले फार्मेसीमा बीमा मार्फत् २४सैं घण्टा औषधि किन्न मिल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0