<

 

सागर संगम ठाकुर रौतहट ,अषाढ २६ गते

रौतहटको देवाही गाेनाही नगरपालिका वडा नं.९ धरहरीमा वडा भेला संम्पन भएको छ।वडा अध्यक्ष वीर बहादुर साहकाे अध्यक्षतामा प्रमुख अतिथि देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहनु भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ काे लागि बाेलाईएकाे वडा भेलाबाट नयाँ नयाँ योजना छनौट गर्नु भएकाे हाे ।मंगलबार भएको वडा स्तरीय बजेट अधिवेशनमा स्थानियहरुले राखेको विभिन्न याेजनाहरुकाे बारेमा प्रमुख अतिथि नगर प्रमुख प्रेमलाल साहले वडाकाे बजेटबाट सम्पुर्ण याेजना पूरा हुन नसकने भन्दै त्यसकाे लागि संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारको खाचो रहेको बताउनु भयो ।मेयर साहले धरहरीमा बिकास निर्माणका कार्य गर्न ठुलो बजेटकाे आवश्यक्ता रहेकाे भन्दै त्यसकाे लागि आफुले पनि पहलकदमी लिने बताउनु भयो ।

नगर प्रमुख साहले आफू निर्वाचित भएको एक वर्षको अवधिमा यस नगरमा किसानको लागि ७५ वटा बाेरिङ जडान गरिएको बताउनु भयो । त्यस्तै वडा नं.९ धरहरीमा बर्थीङ सेन्टर निर्माण गरिएको बताए ।त्यसतै नगर प्रमुख साहले यस आर्थिक वर्षमा नगर स्तरीय बजेटबाट धरहरी गाेनाही जाेडिएका मुख्य सडक देखि उत्तर तर्फ धरहरी र गाेनाहीका सिमाना जाेडिएका ठाउँ बाट नयाँ कृषि सडक निर्माण गरिने बताउनु भयाे । त्यस्तै वडा अध्यक्ष वीर बहादुर साहले गत आर्थिक वर्ष २०७९/८० वर्षमा पूरा हुन नसकेको याेजनालाई यस आर्थिक वर्षमा संम्पन गरिने बताए ।

कुल बजेट ५५ लाखमा बिषेश गरि कृषि सिचाइ शिक्षा स्वास्थ्य र नयाँ बाटाे निर्माण गरिने वडा अध्यक्ष साहले बताए ।गत आर्थिक वर्षका अधुरा कार्यलाई यस वर्षमा संम्पन गरिने र थप याेजनालाई प्रभावकारी बनाउने बताउनु भयो ।

वडा अध्यक्ष साहले श्री जय किसान नमुना माबिकाे पश्चिम पट्टी रहेको नहर भएर बेलवा टाेल सम्म नयाँ सडक निर्माण गरिने बताउनुभयो ।साहले गाउँका भित्री गल्लीका सडकहरुलाई थप ब्वस्थित गरिने बिजुली बत्तीको काम गरिने बताएका थिए ।

अध्यक्ष साहले बिधुत्त चुहावट नियन्त्रण गर्नकाे लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाई नि:शुल्क बिधुत्त मिटर वितरण गरिएको बताउदै यसपालि किसानहरूको लागि खेतीयोग्य जमिनमा पाेल तारकाे काम गरिने बताउनु भयो ।साथै वडा अध्यक्ष साहले किसानलाई खेतीपाती गर्न मुख्य सडक नहुदा किसानहरुलाई निकै समस्या भाेग्दै आएको भन्दै त्यसकाे लागि खेतीयोग्य जमिन भएर नै नयाँ सडक निर्माण गरिने बताउनु भयो ।

धरहरीमा सिचाइकाे ब्यवस्था नहुदा किसानहरूले समयमा खेती गर्न नसकेको भन्दै यसपालि बाेरिङ जडान कार्य गराएको र बाकी रहेको बिजुली बत्तीको काम यस वर्ष संम्पन गरिने वडा अध्यक्ष वीर बहादुर साहले बताए ।

वडा भेलामा पुर्व गाबिस सचिव बिरेन्द्र कुमार गुप्ता ,शंकर साह कानु,हनुमान राय यादव,बिवेकान्नद साह,रामनरेश बैठा,रामसिघांसन साह, भुरेन्द्र पंडित भनिन्ने पवन पंडित,नन्दकिशोर यादव,वडा सदस्य गौरी शंकर पंडित लगाएत अन्य ब्यक्तिहरुले याेजनाबारे आफ्नो प्रस्तावहरु राखेका थिए ।कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे उपस्थित रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0