<

प्रेमचन्द्र झा
अशाेज १०गते
राैतहट ।

मिटर ब्याजीका कारण वृन्दावन नगरपालिकामा एक पटेल परिवार सुकुम्बासी बन्न भएका छन । घर ब्यवहार मिलाउन लिएको तीन लाख सतरी हजार रुपैयाँका कारण १३ जनाको परिबार घरबार बिहिन हुने अवस्थामा पुगेका हुन ।

जिल्ला प्रशासन कार्यालयले २०८०साल अषाढ २७ गते पाच लाख सतरी हजार तिर्नु पर्छ भनि गराएको सहमति कार्यान्वयन नहुदां उक्त परिबार सुकुम्बासी बन्ने निश्चित भएको हो ।

वृन्दावन नगर पालिका वडा नम्बर छ का निर्मला कुमारीले २०७७ सालमा दुई वर्ष आगाडीकै मितिमा गरुडा नगर पालिका वडा नम्बर १ का साहु राम सुरेस महतो संग एक लाख रुपैयाँ प्रति दिनको एक हजार ब्याजमा कपाली तमसुक बनाई लिएका थिए । सो रकमको व्याजको ब्याज जोडदै तिनलाख सतरी हजार पुगेपछि साहु महतोको जाेर जबर्जस्ती पनि बढदै गए । निर्मला कुमारीको जेठाे छोरा मुकेस कुमार पटेलसंग छ लाखको कपाली तमसुक गराए ।सो तमसुकको एक बर्ष नबित्दै भाई सुवोध पटेल र दाइ मुकेस पटेलसंग १०/१० लाखको चेक काटन लगाए।

सो चेक दुबै दाइ भाईको राम्रोसंग चलिरहेको जागिरे जिवनमा कालो बादल मडारीए। चेक अनादरकाे मुद्दामा परेर तलब समेत साहुले लिन थाले । साहु महताेकाे अत्यार बढदै गयो ।
आमाको नामको कापाली पनि बसेको बसे भयो ।विश्व स्तरीय कराेना महामारीको प्रकोपमा घर गृहस्थि समाहाल्दैमा आम्दानी बराबर हुने अबस्थाका थियोे । निर्मला कुमारी पटेलकाे दुई छोरा , दबै जना शिक्षक छन। एक जना गढिमाई नगरपालिकाको संग्रामपुरको आधारभुत विधालयमा र कान्छो सुबोध कुमार पटेल गुजरा नगर पालिकाको दलित प्राथमिक विधालयमा शिक्षक छन ।

साहुको रिण तिर्नुपर्छ मान्यता मनसाय हुदा छदै पनि साहुले जसरी पनि नियतबस सुकुम्बासी बनाएर भएपनि ब्याजको ब्याज असुल्ने गलत नियतले सधै पेश हुने गरेका कारण तिर्नु पर्ने रिन तिर्नु आगाडी नै साहु महतोले आमाको नाममा उनन्तीस लाखको र दुबै छोराको नाममा १०/१० लाखको अदालतमा मुद्वा गरेका छन ।

दुबेे भाइ उपर चेक अनादरकाे मुद्वा गरि शिक्षकको तलब आउने खाता राेक्का गराई विभिन्न तिकडम र जाल झेल गरि दुबै खाता वाट नाै लाख रुपैया लिई फरार समेत भई सकेका छन । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालयले २० पटक भन्दा बढि निज साहु राम सुरेस महतोलाई उपस्थित गराउन पत्राचार गरेपनि उपस्थित नगराउदा मिेटरब्याजी पिडित पटेल परिबार थप मारमा परेका छन ।

निर्मला कुमारी पटेलको नाममा जग्गा जमिनको नाममा रहेको हर्षाहा गाउको दुई कठ्ठा मात्र घडेरी पनि निर्दयी साहु महतोले उन्नतिस लाखको कपालि कागजमा बिगो भराई बापत लिलाम गराउन लाग्दा निर्मला कुमारी पटेलको १३ जनाको परिबार सुकुम्बासी हुने निश्चित भएका छन । यसबारे साहु महतोको मोबाईल नम्बर ९८०३४११५९१मा सम्पर्क गर्दा हुन सकेन ।

पिडितले राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी संग न्याय पाउने आशमा दिनहु जिल्ला प्रशासन कार्यालय राैतहटमा धाई रहेका छन । पिडितलाई न्याय दिलाउन आफुले कुनै कसर बाकी नछोडने प्रतिद्वता प्रजिअ रेग्मीको रहेकाे छ ।

मिटर ब्याजिबाट पिडित संघर्ष समितिका अध्यक्ष शिवशंकर साहले प्रहरी मिलोमतो गरेर पक्रन नसकेको साहुलाई अब हामी आफैले पक्राउ गरि सम्बन्धित निकातलाई बुझाउने चेतावनी दिएका छन । ( पिडित मुकेश कुमार पटेल र सुबोध कुमार पटेलसंग भएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0