<

आरके श्रीवास्तव,रौतहट,असार २६ गते
रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नव निर्मित दलित सामुदायिक भवनको उद्धघाटन गरिएको छ । प्रदेश सभा सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबुले बृन्दावन नगरपालिका ८ बहुअरूरीमा निर्माण भएको दलित सामुदायिक भवनको उदघाटन गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालय सामाजिक विकास इकाइ मधेस प्रदेश सरकारको २० लाख रूपैयाँ सहयोगमा निर्माण भएको दुई कोठे सामुदायिक भवनको प्रमुख अतिथी बिधायक फुलबाबुले मंगलबार उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता नेकपा एसका नेता एवम् मुस्लिम ईक्तेहाद संगठन मधेस प्रदेश अध्यक्ष सलामोदिन दर्जीले गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य राजेश पासवानले गर्नु भएको थियो । स्वागत मन्तव्य बैधनाथ सहनीले राख्नु भएको थियो ।


उक्त ठाउँमा दलित सामुदायिक भवन निर्माणका लागि बृनदावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले विशेष पहलगरी प्रदेश सांसद फुलबाबुको बजेट बाट भवन निर्माण गराएका हुन् । यस अघि सो ठाउँमा सामुदायिक भवन नहुँदा विवाह,ब्रतबन्ध,छेका,तालिम,गोष्ठी लगायतका सामाजिक कार्यहरु गर्न समस्या हुने गरेको थियो । अब उपरान्त् उक्त समस्या हटने भएको छ । सो ठाउँमा सामुदायिक भवन निर्माण भएपछि स्थानियहरु हर्षित भएका हुन् ।

उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै राज्यमन्त्री फूलबाबुले राम्रो काम गरे सबै पार्टीले सहयोग गर्ने बताउनु भयो । जसको प्रत्यक्ष उदाहरण सामुदायिक भवनको उद्धघाटन रहेको बताए । साथै उनले राम्रो काम गर्नेलाइ प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो । बहुअरीवासीले आफू सधैं सहयोग गर्दै आएको स्मरण गराउँदै यस टोल लगायत आफनो क्षेत्रको विकासको लागि कुनै कसर बाँकि नराख्ने बताउनु भयो । सामुदायिक भवन निर्माण आफनो निर्वाचन क्षेत्रको उदाहरणिय काम रहेको बताउनु भयो ।

आगामी आर्थिक वर्ष २०८०।०८१ के लागि सो टोलमा करिब ४० देखि ५० लाख सम्मको योजना राखेको स्थानियहरुलाइ जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाकी उपप्रमुख संगिता कुमारी रामले आफुलाइ आफनो हक अधिकार बाट बञ्चित गरिएता पनि जनताको काम लाइ अगाडी बढाउन हरसम्भव प्रयास गरिरहेको बताइत् । कार्यक्रममा अन्य वत्ताहरुले सो भवनमा एक तला थप्न माग माग गरेका थिए ।

उद्धघाटन कार्यक्रममा बृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेहि राय यादब ,समाजसेवी अरुण राम,बिभिन्न वार्डका वडाअध्यक्षहरु ,बुद्धजिवि ,नागरिक समाज लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0