<

 

रौतहट,असार २५ गते
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद मरासिनीले न्याय दिन कानुन नै पढनु पर्ने जरुरी नरहेको कुरा बताएका छन । बुद्वि विवेकको उचित प्रयोगले न्याय दिन सकिन्छ भने वहाँको तर्क थियो ।मुख्य न्यायधिवक्ताको कार्यालय मधेस प्रदेश जनकपुरधाम द्वारा गौरमा आयोजित सम्बाद कार्यक्रमा बोल्दै न्यायाधीश मरासिनीले जनतालाई छिटो छरितो विना झनझट न्याय दिनु पर्ने हाम्रो कर्तव्य रहेको बताए ।मधेस प्रदेशका मुख्य न्यायधिव्क्ता बिरेन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको संवादमा जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले न्याय सम्पादनमा भएको कमिकमजोरी बारे आआफ्ना धारणा राखेका थिए । सो सम्वादमा जिल्ला अदालतका श्रेस्तेदार
सुशील कुमार यादव , वार एसोसिएसन रौतहटका अध्यक्ष नन्दकिशोर साह , नागरिक समाजका अध्यक्ष
जगन्नाथ प्रसाद केसरी, पत्रकार प्रभात कुमार झाले दिनानुदिन न्यायपालिका प्रतिजन विश्वास घटदै गएको आरोप लगाएका छन ।


मुख्य न्यायधिवक्ता ठाकुरले पिडितलाई न्याय दिन न्यालयको स्थापना भएको हो। पिडकलाई न्याय दिनलाई आदालतको स्थापना भएको होईन ।समाजको हरेक पिडितले न्याय पाउनु पर्दछ बोल्दै न्यायकर्तालाई भुगोलको पीडा बुझेर काम गर्नेले पकै न्याय दिन्छ । जनता लाई न्याय दिनु पर्छ ।
नगर उपप्रमुखको जिम्मेवारी पनि न्यायधिश जस्तै हो ।समस्याको सामाधान हामी भित्रै छ । नटकमको होईन डटकमको जामाना छ । डटकमबाटै सामाधान खोज्न सुझाव दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0