<

 

रूपेश यादव,फतुवा बिजयपुर,असार २१ गते

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित न्यू दिला ईङलिश बाेर्डिङ स्कुल घुसुकपुरमा आगजनी भएकाे खवर प्राप्त भएकाे हाे। स्थानीय अनिल कुमार यादवले सञ्चालन गरेको बाेर्डिङ स्कुलमा आगजनी भएको हाे । बुधवार राति १०:३० बजेकाे क्रममा आगजनी भएको जनाईएकाे छ ।

संचालक यादवकाे बाेर्डिङ स्कुलमा साेहि वडाकाे श्यामसुन्दर साह तेलि काे छाेरा अन्दाजी बर्ष २२ काे सुनिल साह भन्ने ब्यक्तिले आगाे लगाएकाे बाेर्डिङ संचालक यादवकाे आराेप रहेकाे छ। साह लाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक अरबिन्द साहले बताए ।

साे आगजनी बाट ४ ओटा पंखा, बेन्च ३५ ओटा र घरमा समेत आगजनी भई ५ लाख ७० हजार बराबरकाे सम्पत्ति जलेर नष्ट भएको छ।

याे घटना भन्दा पहिला पनि एक चाेटि साेहि वडाको अर्काे ठाउँमा पाेखरी नीर संचालन गरेको बाेर्डिङमा आगजनी भएकाे थियाे । त्यसमा पनि सुनिलकै संलग्नता हुन सक्ने पिडित बाेर्डिङ संचालक यादवकाे दाबी रहेकाे छ। आगजनी लाई ईलाका प्रहरी कार्यालय संतपुर दाे., स्थानीयहरूकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0