<

 

आरके श्रीवास्तव,रौतहट,असार २१ गते

रौतहट जिल्लाको दक्षिणी भेग बौद्धीमाइ नगरपालिकामा सार्वजनिक सुनुवाई जनता सँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित विवाह भवन कोपवा बजारमा कार्यक्रम भएको हो ।

बौद्धीमाइ नगरपालिकाको आयोजना र लाल बकैया मिडिया प्रा.लि. कटहरिया २ को संयोजनमा असार २१ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा भएको विकास निर्माणको काम, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा आमजन समुदायहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धीमाइ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवले अहिलेको सरकारको कार्यकाल एक वर्षमात्रै पुगेको र जनताको अपेक्षा अनुसार काम गर्न नसके पनि विस्तारै सबै अपेक्षा पुरा हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विकास निर्माण,मलखाद्द,शिक्षा र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागीहरु रामभरोस प्रसाद यादव,अमिना राय यादव,जुगुल राय यादव लगायतका सहभागीहरुले आफनो सवालहरु राखेका थिए ।

उनीहरुले सामुदायिक बिधालयको अवस्था,मलखाद्दको अभाव,सार्वजनिक पोखरी,नगर प्रहरी चयन लगायतका थुप्रै विषयहरुमा सवाल गरेका थिए । नगरपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरप्रमुख प्रदिप कुमार यादवले जवाफ दिएका थिए । जवाफ दिदै उनले भने आफुले चुनावी घोषण अनुसार समाजिक सुरक्षाभक्ता घरघरमा पुर्याउन सफल भएको बताए । उनले भने नगरपालिका बाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उनले उपस्थित आम जनसमुदाय लाइ गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो । नगर प्रहरी आगामी आर्थिक वर्ष भर्ना गर्ने पनि बताउनु भयो ।

किसानको समस्यालाइ लिएर आफूले केन्द्र सम्म गएर उठाएको स्मरण गराए । लामो समय नगरपालिका कार्यालय प्रमुख विहिन हुँदा समस्या भएको तर अगामी वर्षदेखि कुनै समस्या नहुने आशवासन दिए । साथै उनले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष एवम् सो वडाका वडा अध्यक्ष लक्ष्मीनारायण यादवले हामीले प्रथम पटक गर्न सफल भएको बताउँदै । अब उपरान्त् बृहत् सार्वजनिक सुनवाइ गर्ने तर्फ जोड दिनु भयो । सो सार्वजनिक सुनवाइ कार्यक्रममा उप प्रमुख प्रमिला देवी जयसवाल,

नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापती प्रेमचन्द्र झा,सशस्त्र प्रहरी निरिक्षक नवराज काफले,प्रहरी नायब निरिक्षक प्रमानन्द यादव लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार किशोरी यादवले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0