<

 

भक्तपुर, असार २१ गते ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आधा घण्टा ढिलाे गरी  प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सभार गाेरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0