<

काठमाडौं, १६ असार ।

आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ।

 

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

 

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन  ।

 

यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु भएको छ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त अधिवेसन सुरु भएको हो ।

 

सो अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सबिन धमला, तुल्सी सापकोटा, बिष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0