<

 

बज्जिकाञ्चल ,रौतहट,असार १६

माैलापुर नगरपालिका वडा नम्बर ४ पताैरामा एक २४ वर्षिया महिला र २ वर्षको वालिकाको मृत अवस्थामा लास फेला परेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरका अनुसार २४ वर्षिया माला भन्ने कविता देवी र उनका २ वर्षिया आरुही कुमारीको घर मै मृत अवस्थामा फेला परेको हो ।

अवाेध वालिका आरुही कुमारीको लास पंखामा झुन्डयाईएको अवस्थामा र कविताको लास घरबाट बाहिरीने सिढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

घटना शुक्रबार राति तीन बजेको भएपनि हत्या या आत्म हत्या यकिन गर्न गाह्रो रहेको बताउदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भई रहेको बताए।यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सो परिवार घटना पछि फरार भएका छन ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शंकर साहका अनुसार घटना वारे आफुलाई स्थानिय लखिन्द्र साहले फोन गरेको जानकारी हुने विति कै पुगे पनि प्रहरीले आफुलाई घटना स्थलमा जान नदिएको बताए । धेरै वेर राेई कराई गरेपछि विहान सात बजेमात्र छोरी नातिनीको लास हेर्न पाएको बताए ।

छाेरी र ज्वाइँ बिच पटक पटक बिवाद हुदा आफुले मिलेर बस्न दुबै जनालाई सम्झाई बुझाई गरेको बताउदै कविता पिताले ज्वाइँ धिरेन्द्र साहबाट कहिले नगद कहिले पलङ्ग, कहिले सुनकाेऔठि र सिकडि माग हुदै आएको बताए ।

छोरिलाई पटक पटक यही निहुमा कुटपिट लगायत अपमान जनक व्वहार हुदै आएको बताउदै मेरो छोरी आत्म हत्या गर्ने बाला थिएन । मेरो ज्वाइँ र सम्धी सहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहकाे बुबाले आरोप लगाएका छन।

हत्या गरिएको खवर छ । दहेजमा थप नगद सिकडी, औंठी नदिएको रिसमा घटना भएको पिडित पक्षले दाबी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0