<

 

काठमाडौं, २ वैशाख ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0