<

 

काठमाडौं, २ वैशाख ।

वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ जसमा एजाज अलीको एरेन्ज रहेको छ । एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् ।

कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् । भिडियाे लिंक : https://youtu.be/aFdHnXLSmHI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0