<

 

काठमाडौ,  १५ असार ।

श्रीजनशील लघुवित्त वित्तीय संस्थाको शुक्रबार वार्षिक साधारणसभा बस्दै छ । सभा संस्थाकै केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

 

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसका साथै अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस हुनेछ । सभा प्रयोजनका लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने गरीसकेको छ । तसर्थ, असार ३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

श्रीजनशील र मानुषी लघुवित्त एक आपसमा मर्ज हुँदैछन् । यी दुई बीच चैत ३ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् । हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ । एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । दुवै कम्पनीले आइपीओ जारी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0