<

 

म्याग्दी, १५ असार ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम अझै सुरु गर्न नसकिएको छैन । सडक अवरुद्ध भएसँगै सवारीसाधन र यात्रु लस्तीमा रोकिएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0