<

 

आरके श्रीवास्तव,रौतहट,१४ गते असार

रौतहटको एक घरपरिवारका सबै सदस्य च्याउ खेती गरिरहेको पाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाका एक किसान जसको पुरै परिवारका सदस्य च्याउ खेतीमा संलग्न छन् । सो नगरपालिकाको वडा नम्बर ४ बलिरामपुरका किसान सुदिन मियाँको परिवारको दिनचर्या नै फेरिएको छ ।

घरायसी काम बाट फुर्सद निस्किएपछि उनको परिवार च्याउ खेती भएको स्थान तर्फ लागछन् । बिगत आठ वर्ष देखि च्याउ खेतीलाई निरन्तरता दिदै आएका मियाँ अहिले आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । जिल्लाको चर्चित बजार कटहरियामा च्याउ खेती गरेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । उनले मासिक ५० हजार देखि १ लाख कामाउँछन् ।

च्याउ खेती गरि राम्रो आयआर्जन गरेर उनी अहिलेका युवापुस्ताहरूको लागि उदाहरणीय बनेका छन् । हेर्दा मियाँ उमेरले पाका देखिन्छन् । बि.स.२०७२ साल देखि उनी यो खेती सुरु गरेका थिए । सुरुआतमा उनले ५० हजार लगानी गरेर च्याउ उत्पादन गर्न थाले ।

रेडक्रस सोसाइटिले आयोजना गरेको च्याउ खेती तालिमबाट प्रभावित बनेर उनी यस तर्फ लागेको सुनाए । तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो र उनी अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेती गरिरहेका छन् । उनले उत्पादन गर्ने च्याउ भनेको कन्ने च्याउ हो । उनले दुइ वटा घर निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

च्याउ बिक्रीका लागि व्यवस्थित बजार नहुँदा समस्या हुने गरेको बताउँछन् । मियाँले च्याउ खेती गरेको ८ वर्षभयो । च्याउ खेती अझै फस्टयाउने उनकोे योजना रहेको उनले जानकारी गराए । मियाँले घरपरिवारको अलावा अन्य ५ जनालाई च्याउ उत्पादन भएको बेला रोजगारी समेत दिने गरेका छन् ।

‘च्याउखेतीबाट खर्च कटाएर मासिक ५० हजार देखि १ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री हुने गरेको छ ।’ आफ्नै लगानीमा च्याउ खेती अहिले देशमा तिन तहको सरकार छ । सबभन्दा नजिकको सरकार स्थानिय सरकार हो ।

तर मियाँ लाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । आर्थिक मन्दीको असर उनलाइ पनि परेको छ । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनलाइ बैंकले ब्याजदर बढाउँदा समस्या परेको छ । किस्ता बुझाउन समस्या परि रहेको दुःखेसो गरे ।

स्थानिय सरकारले आफूलाइ सहयोग गर्छ भन्ने अपेक्षा छ ।

कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतीका लागी आफूलाई दुई लाख रुपैयाँ सहयोग गरेको किसान मियाले बताउनु भयो ।
साथै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान फ्रि पाएको उनले बताए । यसका अलावा काही कतैबाट सहयोग नपाएको उनको भनाई छ ।

च्याउको बिउ पनि गर्छन् उत्पादन

बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । तर जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले आफूले उत्पादन गरेको बिउको प्रोत्सान नगरिदिँदा समस्या हुने गरेको गुणासो गरे । मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

मियाँ भन्छन् विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।

के भन्छन् सम्बन्धित निकाय?

चयाउ खेती प्रवद्र्धनका लागि स्थानिय सरकारले कस्ता कार्यक्रम ल्याएको छ । यस बारे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल सँग सोध्दा च्याउ खेतीकै लागि भनेर कुनै ठोस् कार्यक्रम नभएपनि कृषि विधुतीकरणको लागि बजेट छुट्टयाएको जानकारी गराए ।

कृषि मिटर भन्ने नगरभरी फ्रि गरिएको उनको भनाइ छ ।

च्याउ खरिद गरिरहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव भन्छन् पहाड तिर पाइने च्याउ हाम्रै क्षेत्रमा उत्पादन भइ खरिद गर्न पाएपछि खुशि छौ । त्यस्तै कटहरिया वडा नम्बर १ का उपभोक्ता योगेन्द्र कुशवाहाका अनुसार कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौं ।

यो सबै हाम्रो लागि खुशिको खबर नै छ ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंह सँग प्रदेश सरकारले च्याउ प्रवद्र्धनका लागि कस्ता खालका कार्यक्रम ल्याएको छ भनि सोध्दा प्रदेश सरकारले प्रत्येक जिल्ला स्थित रहेको कृषि ज्ञान केन्द्र मार्फत नार्क बाट उपलब्ध गराएको च्याउको बिउँ ७५ प्रतिशत अनुदानमा बिउँ वितरण गरेको जानकारी गराउनु भयो । साथै उनले प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला मार्फत बिउँ उत्पादन गराउने लक्षय छ ।

जुन यसपाली देखि हुन सकेन् अर्को आ.व. देखि उत्पादन गरिने छ । त्यस्तै आगामी वर्ष देखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइन् ।

कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साह सँग सोध्दा रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी गराउनु भयो ।

जसमा ८ मेट्रिक टन सम्म उत्पादन भइरहेको उनको भनाइ छ । माग भन्दा आपूर्ती नै बढी रहेको वहाँ भन्नु हुन्छ । यहाँको च्याउ सर्लाही लगायत अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् । यहाँको किसानले नै च्याउको बिउँ उत्पादन गर्ने गरेकोले अन्य ठाउँ बाट ल्याइदैन् ।

              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
1