<

रौतहट, असार १० गते ।

रौतहटको गुजरा नगरपालिकाको आठौं नगर सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । संबिधानको नियम अनुसार आज अन्तिम दिन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

 

सोही नियम अनुसार गुजरा नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको छ । गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ५६ करोड १४ लाख ३१ हजार ५ सय सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् । सो सिमा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि गुजरा नगरपालिकाले आफ्नो ८ औं नगर सभाबाट ५६ करोड भन्दा बढीको बजेट सर्वसहमतिले पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख रतन लामाकी बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0