<

रौतहट,असार १० गते
रौतहटको मौलापुर नगरपालिकाका ५ जना वडा अध्यक्ष सहित कायृपालिका सदस्य र वडा सदस्यहरुले आइतबारको नगरसभा बहिष्कार गरेका छन् । नगरप्रमुख रिना कुमारी साह र प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले मनोमानी तरिकाले नगरसभा गर्न लागेको आरोप लगाउँदै १४ जना सदस्यले नगरसभा बहिष्कार गरेका हुन् । गत आर्थिक वर्ष २०७९।८० को आय व्यय विवरण सार्वजनिक नगरेको विभिन्न शीर्षकमा भएको खर्च सभा सदस्य लाई जानकारी नदिएको जस्ता आरोप बहिष्कार सदस्यले लगाएका छन् ।


आर्थिक वर्ष ०८०÷०८१ को बजेट बारेमा आफूहरु सँग छलफल समेत नगरी नगर सभा बोलाइ्एकाले बहिष्कार गर्नु परेको उनीहरुको भनाइ । नगर सभा बहिष्कार पछि पत्रकारहरु सँग कुराकानी गर्दै वडा नम्बर १ का वडा अध्यक्ष जयनाथ कुशवाहाले नगर सभा विरोध गर्नुको कारण बारे बताएका छन् । उनले भने आ.व.२०७९।८० को जुन नगर सभा भयो त्यस्को बजेट बारे आफूहरुलाइ थाहा नदिएको आरोप लगाए । हामी तिन महिना देखि बजेटको हिसाब किताब माग गर्दा कुनै सुनवाइ नगरेको गुणासो गरे । नगर सभा एकल ढंगले गर्न चाहेको र विपक्षीहरुलाइ मिचेर चल्ने,अन्य जनप्रतिनिधीहरुलाइ वास्ता नगरी बढीरहेको आरोप लगाए । वडामा भेला नै नगरी नगर सभा गर्न लागेको भन्दै विरोध गरेका छन् ।


त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष शिवपर्सन यादवले नगर सभाको विरोधमा हामी यस कारण छौ कि पोहोर सालको बजेट पास गर्दा उपस्थितीमा मात्रै हस्ताक्षर गरे र बन्दीमा नगरेको खुलासा गरे । नगर प्रमुखले मनोपोली तरिकाले बजेट बाँडफाँड गर्ने गरेको आरोप लगाए । प्रत्येक वडामा १ करोडको सेलिङ्ग भएपनि बजेटको कुनै अतोपतो नभएको बताए । नगरपालिकाको बजेट नभइ व्यक्तीगत बजेट जस्तो गरिरहेको उनको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह पनि नगरपालिकाको हाकिमको रुपमा काम नगरी व्यक्तीगत लेखनदासको रुपमा काम गरिरहेको आरोप लगाए ।
यता वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशोर साहले नगर सभा विरोध गर्नु कारण बारे बताउँदै आ.व. २०७९।८० को निति तथा कार्यक्रममा विभिन्न शिर्षकमा बजेट ल्याएपनि उक्त शिर्षकमा काम नभएको ठोकुवा गरे । हिसाब किताब नदिएको कारणले नगरसभा बहिष्कार गरेको बताए ।


यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष इश्वर दयाल यादवले निरंकुश शासन नगरपालिकामा लादन खोजेको आरोप लगाए । यसमा एकल निर्णय चल्ने गरेको कारण आफूहरु नगर सभा बहिष्कार गर्न बाध्य भएको प्रष्ट पारे ।
त्यस्तै वडा सदस्य नबल किशोर यादवले भने नगरपलिकामा कुनै सिस्टम नै नभएको आरोप लगाए । मौलापुर नगरपालिकाको गलत सिस्टमको विरोध गरेको बताए । उपप्रमुख नागेन्द्र यादवले आफूहरुलाइ धोखा दिएको आरोप लगाए । नगरपालिकाको बजेट जनहितमा नरहेको भन्दै आफूहरुले बहिष्कार गर्नुपरेको बताए । यस विषयमा नगरपालिका साँग प्रतिक्रिया लिन खोज्ला सम्पर्क हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0