<

रौतहट,असार १० गते
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ गर्यो पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर न.पा. वडा नम्बर ३ बि.पी.चौक स्थितमा ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला रौतहट फतुवा विजयपुर न।पा। वडा नंं. १ बस्ने शंकर प्रसाद यादवको बर्ष २५ को राकेश यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।


त्यस्तै सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीलाई प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बृन्दावन न.पा.वडा १ बिश्रामपुर टोल स्थितमा लागु औषध मुद्दामा फरार रहेका प्रतिवादी सोही ठाउँ वस्ने राम प्रसाद यादवको छोरा बर्ष ३२ को रमेश कुमार यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यता सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीलाई प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा माधवनारायण न.पा.वडा नं.५ कटहरिया टोल स्थितमा ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका प्रतिवादी सोही ठाउँ वस्ने चलितर सहनीको छोरा बर्ष ७६ को बैजनाथ सहनीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0