<

मञ्जय राम, रौतहट, असार १० गते ।

रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदि अवरुद्ध भएका कारण विधालयको बस सहित विधार्थीहरु अलपलमा परेका छन् । आइतबार विहान करिब ९ः३५ बजेको समयमा लामहा नदिमा विधालयका बस तथा विधाथीएहरु करिब १ घण्टासम्म कुर्दै नदिको वारिपारी नै उदास भएर बसेका थिए ।

आज विधालय नै जान नसकले समेत संका हुँन थालेको एभर ग्रिन विधालय बालचनपुर कक्षा ४ मा अध्ययनरत रहेका सेक अहम्दले बताए । उनका अनुसार शनिवारको करिब १२ बजेदेखि नै सो नदिको बाटो अवरुद्ध भएको थियो । सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामीले सो समस्या बारे हिजो नै जानकारी प्राप्त भएको तथा नगर सभाका व्यस्तताका कारण यतातिर ध्यान नै गएन् ।

तर पनि हामीले यहाँ काम गरिरहेका जेसिबिलाई बाटो खुला गर्नका लागि भनेका थियौँ । तर, सो काम उनकै निगरानीमा आज विहान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0