<

रौतहट,असार १० गते
रौतहटमा लागु औषध ब्राउन सुगर सहित मानिस पक्राउ परेका छन् । शुक्रवार बेलुका ६ बजेको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थितमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा उक्त मानिसलाइ पक्राउ गरेको हो ।


चेकजाँच गर्ने क्रमममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ वस्ने बन्सीधर गुरौको छोरा वर्ष ३० को बिबेक गुरौलाई नियन्त्रणमा लिई निजको जिउ शरिर तलासी गर्दा उनको साथबाट अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.४६० ग्राम फेला परेको हो ।


उक्त लागु औषध ब्राउन सुगर बारामद गरी उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0