<

रन्धिर साह, रौतहट, असार १० गते ।
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको सातौं नगर सभा कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
संबिधानको नियम अनुसार आज अन्तिम पदन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

सोही नियम अनुसार देवाही गोनाही नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको हो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ४१ करोड ७२ लाख ८८ हजार ४ सय सहितको बजेट प्रस्तुत भएको छ । सो सिम्मा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो ७ औं नगर सभाबाट ४१ करोड भन्दा बढीको बजेट पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0