<

आरके श्रीवास्तव,रौतहट,असार १० गते
रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आइतवार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । राजपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो ।


नगरपालिकाले सातौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको सातौं नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख डा.राजिक आलमले सो बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।


नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।


नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०।८१ का लागि ४३ करोड २१ लाख रुपैयाँको बजेट पारित गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको ठाकुरले बताए ।
सो नगरपालिकाको चालु तर्फ २८ करोड ४३ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख बजेटको आयको प्रक्षेपण गरिएको छ ।


सो अवसरमा उप प्रमुख जमिला असगरी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0