<

 

काठमाडौं, १० असार ।

राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ ।

 

निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । राजुका अनुसार आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ ।

 

राजनीतिक विषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ । बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह–निर्माता हुन् ।

 

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0